पुस २९ गते तारकेश्वर गाउँपालिका वडा नं २स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा भएको तारकेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि पञ्चमिलन कलादेवी माविले जित्न सफल भएको छ। प्रतियोगितामा पञ्चमिलन कलादेवी माविका लागि अमृतमान सुनारले हाइजम्पमा स्वर्ण पदक र २०० मिटर दौडमा रजत पदक जित्न सफल भए भने छात्रा लङ जम्पमा सृजना तामाङले स्वर्ण र छात्रा हाइजम्पमा रितु लामाले रजत पदक जित्न सफल भएकी थिइन्। विजेता पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयलाई तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
![]() |








































No comments:
Post a Comment